बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कोशी नदी तटबन्ध निर्माणमा रोक, स्थानीयमा त्रास

बुधबार, २९ वैशाख २०७३, १६ : ५८
बुधबार, २९ वैशाख २०७३

इटहरी – सप्तकोसी नदीको तटबन्धन निर्माणको काम रोकिएको छ । पुनरावेदन अदालत विराटनगरको आदेशले सुनसरीको बराहक्षेत्रस्थित पुल्ठेगौडामा भैरहेको सप्तकोशी नदीको तटबन्ध निर्माण कार्य रोकिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आदालतको आदेशपछी सुरक्षाकर्मी परिचालन गरी तटबन्धको काम बन्द गराएको हो । बराहक्षेत्र निबासी तारादेबी श्रेष्ठ र रवि राईले आफनो नम्बरी जग्गामा तटबन्ध निर्माण गरेको भन्दै पुनरावेदन अदालत विराटनगरमा जिल्ला प्रशासन कार्यालय सुनसरी र ठेकेदार कम्पनीलाई विपक्षि बनाई मुद्दा दायर गरेकी थिइन । सो मुद्दामाथि भएको वहसपछि पुनरावेदन अदालतका न्यायधिस कुमार पोखरेलको एकल इजलासले तत्काल सप्तकोसी तटबन्धको काम बन्द गर्न अन्तरीम आदेश दिएपछि नदीमा तटवन्ध निर्माण कार्य रोकिएको हो । कोशी सम्झौता अन्तरगत भारत सरकारले सप्तकोशी नदीको कोशी व्यारेजदेखि बराहक्षेत्रसम्मको तटवन्ध र स्पर निर्माण गर्ने कार्य गर्दै आएको थियो । सप्तकोसीमा बर्षेनी आउने बाढीका कारण सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकासपुर, पश्चिम कुसाहा, हरिपुर गाविसको सयौ विघा जमिन कटान गरी मानव बस्तीमा समेत क्षेती पुर्याएपछी भारत सरकारले यस पटकपनि सप्तकोसी नदीमा विगत डेढ महिना अगाडिदेखि तटबन्ध निर्माणको काम प्रारम्भ गरेको थियो । अदालतको आदेशपछि तटबन्धको निर्माण कार्य अलपत्र परेको छ । प्रहरीले तटबन्धको काम बन्द गर्न निर्देशन दिएपछी सप्तकोसी नदीमा रोजगारीमा आएका सयौ नेपाली र भारतिय मजदुरहरु घर फर्किएको ठेकेदार ठेकेदार खगेन्द्र दाहालले बताए । तटवन्ध निर्माणको काम बन्द भएपछी निर्माण कार्यमा परिचालित दर्जनौ ढुवानीका साधन पनि अलपत्र परेका छन् । तर अदालतको आदेस पश्चात सप्तकोसी नदीमा भैरहेको तटबन्ध निर्माण रोकिएपछी स्थानिय वासिन्दाहरु त्रसिद भएका छन् । वर्षा प्रारम्भ हुन लागेको समयमा आउन सक्ने सम्भावित वाढी र कटानबाट हुने क्षति रोक्ने गरी भइरहेको नदीको स्पर तथा तटवन्ध निर्माण र मर्मत कार्य रोकिदा संभावित खतरा वढेको भन्दै स्थानीयहरु त्रसिद बनेका हुन् । वि. सं. २०६५ साल भदौ २ गते सप्तकोसी नदीमा आएको बाढिले पश्चिम कुसाहा गाविसको पूर्वी तटबन्धन भत्काएर कटान गर्दा सुनसरीका हरिपुर, श्रीपुर, लौकही र पश्चिम कुसाहा गाविसको हजारौ विघा जमिन मरुभुमी बनाउनुका साथै १० हजार भन्दा बढि परिवारलाई घरवारविहिन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप