बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गोरखाका तेइस जना यातायात व्यवसायी धरौटीमा रिहा

बुधबार, २९ वैशाख २०७३, १८ : ०३
बुधबार, २९ वैशाख २०७३

गोरखा - प्रहरी नियन्त्रणमा रहेका यातायात व्यवसायी समिति गोरखाका उपाध्यक्ष कालु गुरुङसहित २३ जना व्यवसायी धरौटीमा रिहा भएका छन् । गाम्रीण रुटमा आगोपालो प्रणाली लाद्दै आएको समितिका व्यवसायी, मजुदरले आरुघाट यातायात प्रालिले सञ्चालनमा ल्याएको यात्रुबाहक बसमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजानिक मुद्दामा कारबाही गर्दै आएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा संयोजकत्वको वार्ता समितिमा आरुघाट प्रालिलाई पनि ग्रामीण रुटमा बस सञ्चालन गर्न दिने सहमति भएपछि प्रहरी नियन्त्रणमा रहेका व्यवसायी मङ्गलबार साँझ धरौटीमा रिहा भएका हुन् । समिति, प्रालि, प्रनाउ र सप्रजिअबीच भएको वार्तामा प्रालिको नाउँमा बस दर्ता भएपछि ग्रामीण रुटमा बस सञ्चालन गर्न दिने सहमति भएको हो । गोरखाको ग्रामीण क्षेत्रमा ३५ वटा रुट छन् । यसअघि यातायात व्यवसायी समिति गोरखाले सबै रुटमा एकलौटी बस सञ्चालन गर्दै आएको थियो । यात्रुको चापअनुसार बस सञ्चालन गर्न नसक्दा विगत लामो समयदेखि समितिले आलोचना खेप्दै आएको थियो । अब यात्रुको चापअनुसार बस सञ्चालन गर्ने समितिका अध्यक्ष रामहरि केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप