बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रभु मनि ट्रान्स्फर र नेशनल माइक्रोफाइनान्सबीच सम्झौता

बिहीबार, ३० वैशाख २०७३, १४ : ५०
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं–प्रभु मनि ट्रान्स्फर प्रा.लि र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था बिच रेमिटेन्स सम्झौता भएको छ । माइक्रोफाइनान्सको प्रधान कार्यालय धादिङ्गबेशिमा सम्पन्न कार्यक्रममा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक रामेश्वर सापकोटा तथा नेशनल माइक्रोफाइनान्सको तर्फवाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले संझौतामा हस्ताक्षर गरेका छन् । राट्रिय स्तरको कारोवार स्वीकृती पाएको संस्थाको धादिङ्ग, भक्तपुर, पर्सा, रौतहट, बारा, चितवन, सर्लाहि, महेत्तरी, धनुषा, काभ्रे, सिन्धुपाल्चोक, मोरङ्ग, सिराहा, सप्तरी, इलाम, उदयपुर, कञ्चनपुर, कैलालि, बाँके र पाल्पा गरी विभिन्न जिल्लामा गरी २४ वटा शाखाहरु संचालनमा रहेका छन् । आगामि जेष्ठ महिना भरीमा संस्थाको सवै शाखाहरुवाट एकै साथ प्रभु मनिको सेवा संचालन गर्ने लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप