जाजरकोटलाई खाद्य संकट जिल्ला घोषणा गरिँदै
बिहीबार, ३० वैशाख २०७३, १५ : ०२
जाजरकोट– जाजरकोटमा चरम खाद्यन्न संकट देखिएको छ । जिल्लामा चरम खाद्य संकट देखिए पछि खाद्य संकट ग्रष्त जिल्ला घोषणा गरिने भएको छ ।
लामो समय सम्म पानी नपर्दा भएको खडेरीका कारण जिल्ला खाद्यानको उत्पादनमा कमी हुँदा खाद्यान्न संकट ग्रष्त जिल्ला घोषणा गर्न लागिएको हो । जिल्लाको १ नगरपालिका र २६ गाँउ विकास समितिहरुमा खाद्यान्नको संकट देखिए पछि जिल्लामा नै खाद्य संकट भएको हो ।
जिल्ला दैवि प्रकोप उद्धार समितिको वुधवार वसेको वैठकले जिल्ला कृर्षी विकास कार्यालय जाजरकोटको प्रतिवेदनका आधारमा जाजरकोट लाई खाद्यसंकट ग्रस्त जिल्ला घोषणाको लागी नेपाल सरकार लाई सिफारिस गर्दै खाद्यान्ना आपुर्तीका लागी सवैमा सहयोगका लागी अनुरोध गरिएको छ ।
जिल्लामा खाद्यान्नको संकट देखिए पछि जिल्ला दैवि प्रकोप समितिको वैठक वसी विभिन्न दाता गुहारेको जिल्ला दैवि प्रकोप समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
विभिन्न कारणले गहँु तथा जहँु वालीमा भएको क्षेतिको मध्य नजर गर्दै विश्व खाद्य लगायतका दाता लाई जिल्लामा राहतका कार्यक्रम संचालन गर्न तथा कामको लागी खाद्यान्नको लागी विभिन्न निकायमा आग्रह गरिएको सहायक प्रजिअ जनक शर्माले जानकारी दिए ।
कतिपय गाँउमा खाद्यान्न खरिद खाने रकम पनि नभएका कारण समस्या भएको भन्दै कामका लागी खाद्यान्न माग गरिएको शर्माको भनाई छ । यहाँका कतिपय वासिन्दाहरु खाद्यान्न खरेद खान नसक्ने हुदा मुल्यमा विशेष छुट अनुदानको माग तथा किसान लाइ विउँको माग गरिएको सहायक प्रजिअ शर्माले बताए ।
खाद्यान्न संकट हुँदा समेत ठेगेदारको लापरवाहीले अहिले सम्म जाजरकोटको पश्चिममा रहेका दुई वटा डिपोमा चामल पुग्न सकेको छैन । पश्चिमको दशेरा डिपो र पजारुको घोगी डिपोमा सम्झौता भएको लामो समय वित्दा पनि चामल नपुग्दा खाद्य संकट देखिएको हो । प्रायः खाद्यान्न नपुग भईरहने जाजरकोटका ढिमे,पैक,पजारु, दशेरा,सीमा,जुंगाथापाचौर,अर्छानी,टालेगाउँ,थालारैकर, झाप्रा, दह,कोताङ्घ ,गर्खाकोट ,सुवानाउली ,साल्मा ,रग्दा ,भगवती, दशेरा ,खगेनकोट,लहँ, डाडागाँउ,लगाएतका गाविसहरु र भेरीमालीका नगरपालीकामा खाद्यसंकट देखिएको हो ।
कुल १६ हजार ६ सय ९८ हेक्टर खेती योग्य जमिन रहेकोमा १३ हजार ४० जेक्टरमा मकै उत्पादन घटेको र अहिलेको गहँ वाली ,जौ वालीको उत्पादनमा हावा हुरीका कारण थप क्षेति भएको जिल्ला कृर्षी विकास कार्यालय जाजरकोटले जनाएको छ । विभिन्न कारणले २२ हजार १ एक ११ मेट्रिन टन उत्पादन घटेको र ४३ करोड ९१ लाख ४९ हजार १ सय ३६ रकम वरावरको क्षति भएको कृर्षी कार्यालयको तथ्याङ्घमा उल्लेख छ । जिल्लामा रहेका २७ हजार १ सय ९६ घरधुरीमा १७ हजार ९ सय २२ घरधुरी प्रभावित भएको कार्यालय ले जनाएको छ । जिल्लाका विभिन्न गाविसहरुमा ३५ प्रतिशत देखि ९५ प्रतिशत सम्म खाद्यान्न क्षेति भइ उत्पादनमा समस्या भएकोे कार्यालयको तथ्याङ्गमा उल्लेख छ । समयमा पानी नपरेका कारण यो वर्ष उत्पादन घटेकाले खाद्य संकट झनै चरम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण