शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिकार : आङकाजी शेर्पा
काठमाडौं– संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पाले शान्तिपूर्ण आन्दोलनमा दमन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
संघीय समाजवादीका तर्फबाट आन्दोलन परिचालन उपसमितिका संयोजकसमेत रहेका शेर्पाले आगामी २ जेठको सिंहदरबार केन्द्रीत आन्दोलनलाई विफल पार्न राज्यले सबै संयन्त्र प्रयोग गर्न लागिरहेको सूचना आफूहरुले पनि लिएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।
उनले सिंहदरबार घेराऊ कार्यक्रममा मधेसी र थारुलाई जस्तै दमन गरी हेप्ने काम भए भौतिक प्रतिकारसम्म गर्न पछि नपर्ने बताए । ‘शान्तिपूर्ण तवरले आफ्ना अधिकारबारे दबाब दिँदा दमन भए हामी पनि हातमा दही जमाएर बस्ने पक्षमा छैनौं,’ उनले चेतावनीयुक्त भाषामा भने, ‘हिजोको ज्ञानेन्द्रको जस्तै हालत सत्तासिनको बनाइदिनेछौं ।’
साथै, शेर्पाले आन्दोलन शान्तिपूर्ण हुने दाबीसमेत गरे । तर, राज्यले घुसपैठ गरी टीकापुर घटना दोहो¥याउन सक्नेमा आफूहरु सचेत रहेको पनि जानकारी दिए । ‘थारु आन्दोलनमा घुसपैठ गरी टीकापुर घटना गराइयो र दमन गरियो,’ उनले भने, ‘यसमा हामी सचेत छौं ।’
शेर्पाले २९ दलीय गठबन्धनबाट ३० हजार बढी मान्छे सिंहदरबार वरिपरि उतार्ने तयारी भइरहेको समेत जानकारी दिए । उनका अनुसार तमुवान, लिम्बुवान, शेर्पा प्रदेश, किरात–खम्बुवानलगायतका क्षेत्रबाट समेत जनशक्ति आउन लागेको जनाए ।
साथै, संघीय समाजवादीले आप्mनो सम्पूर्ण भातृसंगठन र उपत्यका वरपरका जिल्ला समितिलाई मैदानमा उतार्ने उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण