चीनको कारण ओली सरकार टिकेको होइनः नारायणकाजी
काठमाडौं– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले ढलिसकेको केपी शर्मा ओली सरकार टिक्नुमा चीनको कुनै भूमिका नरहेको बताएका छन् । ‘ वर्तमान सरकारको निरन्तरता दिनका लागि चीनको कुनै भूमिका छैन’, बिहिबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘सरकार ढाल्ने खेलमा बाहिरी शक्ति लागेको चाहिँ साँचो हो ।’ चीनको इशारामा ओली सरकार टिकेको भन्दै देशभित्र र भारतमा समेत टिप्पणी भइरहेको बेला श्रेष्ठले यस्तो बताएका हुन् । हिजोमात्रै भारतीय तल्लो सदन लोकसभाका सांसद निशिकुमार दुबेले नेपाल चीनको ‘ब्याक सपोर्ट’ मा भारतविरुद्व लागिरहेको आरोप लगाएका थिए ।
हामी आफैले केही गर्यौं भने पनि यो त अरुले नै गरिदियो भन्ने आशंका गरिन्छ । यो सोचाइँ गलत छ, उनले भने । उनले सरकार परिवर्तनको चर्चासँगै विदेशी शक्तिकेन्द्रहरुले खेल्न थालेपछि आफूहरु सचेत भएर सरकारलाई निरन्तरता दिने निश्कर्षमा पुगेको समेत सो अवसरमा बताए ।
‘हामीले ओली सरकारले द्वन्द्वकालीन मुद्दाहरुको बारे गम्भीरता नदेखाएको, भुकम्पपछिको पुर्न निर्माण प्रक्रियालाई गति दिन नसकेकोलगायतका चार कारणले गर्दा राष्ट्रिय सहमतिको सरकारको कुरा गरेका हौं’, श्रेष्ठले भने, ‘विदेशी शक्तिको चलखेल बढेसँगै त्यसलाई रोक्न हामीले सुझबुझपूर्ण निर्णय गरेका हौं ।’
यस्तै उनले तालिका तयार गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न एमालेले ९ बुँदे सहमतिमा हस्ताक्षर गर्नु महत्वपूर्ण विषय भएको भन्दै यो सरकार तत्काल नढल्नेतर्फ संकेत गरे ।
भारत र चीन दुबैसँग नेपालले समानान्तर सम्बन्ध राख्नु पर्छ भन्ने आफ्नो धारणा रहेको बताउँदै भने, ‘दुबै देशसँग सुझबुझपूर्ण सम्बन्ध राख्नुपर्छ, भारतसँगको पुरानो सम्बन्ध बिगार्नु पनि हुन्न ।'यही प्रशंगमा उनले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने र राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द एकै दिन गर्नु पनि सरकारको सुझबुझपूर्ण निर्णय नभएको टिप्पणी गरे ।
फरक प्रसंगमा उनले कांग्रेसले एमाओवादीले धोका दियो भन्नु कुनै सत्यता नरहेको दाबी गरे । श्रेष्ठले सरकार परिवर्तनबारे पार्टीले कुनै आधिकारिक निर्णय नै नगरेको भन्दै पार्टीको तर्फबाट आएको वक्तब्यको आशय राष्ट्रिय सहमतिको सरकारको लागि पहल मात्रै भएको उनले बताए । ‘अहिले कांग्रेसले एमाओवादीले धोका दियो भनेर प्रचार गरिरहेको छ, त्यो गलत छ’, श्रेष्ठले भने, ‘हामीले विज्ञप्तीमार्फत खाली राष्ट्रिय सहमतिको सरकारका लागि मात्रै आह्वान गरेका हौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण