निर्धारित समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही
म्याग्दी - निर्धारित समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गरिएको छ ।
बेनी–पाखापानी सडक आयोजनाको बेनी–देउराली खण्डको सडक स्तरवृद्धि गर्ने ठेक्का लिएको शिवशक्तिरनाना जेभीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो । जिविसअन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले समयमै काम पूरा नगरेपछि जरिवाना गरेको जनाएको छ ।
ठेकेदार कम्पनीलाई वैशाख १६ गतेदेखि १०० दिनसम्म दैनिक रु १२ हजार ६०५ का दरले जरिवाना तोकिएको ड्रिलीपका प्रमुख विवेक केसीले जानकारी दिए । एक सय दिनसम्म पनि काम सम्पन्न गर्न नसके धरौटी जफत हुने व्यवस्था रहेको छ ।
तीन किलोमिटर १८० मिटर सडक स्तरवृद्धि गर्नुपर्नेमा हालसम्म ७० प्रतिशत मात्रै प्रगति भएको केसीको भनाइ छ । रु दुई करोड ४७ लाख ८२ हजारको ठेक्का विसं २०७१ फागुन मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण