बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शान्ति समितिमा ३५ उजुरी दर्ता

बिहीबार, ३० वैशाख २०७३, १७ : ०७
बिहीबार, ३० वैशाख २०७३

रौतहट– सशस्त्र द्वन्द्वका समयमा भए/गरेका घटनाको छानबिनको माग गर्दै स्थानीय शान्ति समिति रौतहटमा अहिलेसम्म ३५ वटा उजुरी दर्ता भएका छन् ।

बेपत्ता आयोगतर्फ सबैभन्दा बढी २१ वटा र सत्यनिरुपण तथा मेलमिलाप आयोगतर्फ १४ वटा उजुरी दर्ता भएको शान्ति समितिका सचिव पुष्पराज यादवले जानकारी दिए । खामबन्दी उजुरी आउने क्रम अझै जारी रहेको बताइन्छ ।

विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएका मानवअधिकार उल्लङ्घनका घटनाको उजुरी लिने कार्य भइरहेको समेत शान्ति समितिको कार्यालय गौरले जनाएको छ ।

समितिबाट तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाका उजुरी दर्ता गरी साताका एकपटक आयोगको केन्द्रीय कार्यालयमा पठाउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप