व्यास नपाद्वारा १०० रोपनीभन्दा बढी सार्वजनिक जग्गा पहिचान
बिहीबार, ३० वैशाख २०७३, १७ : ०९
तनहुँ– व्यास नगरपालिका कार्यालय तनहुँले नगरपालिकाको वडा नं १० स्थित भतेरीमा रहेको १०० रोपनीभन्दा बढी सार्वजनिक जग्गाको पहिचान गरेको छ ।
उक्त कार्यालयले बुधबार कार्यालयमै पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।
मादी पुल नजिक भतेरीमा रहेको एक सयभन्दा बढी जग्गाहरु विगत लामो समयदेखि व्यक्तिले कब्जा गरी भाडा एवम् तरकारीखेती गर्दै आएका थिए ।
उक्त नगरपालिका कार्यालयद्वारा मङ्गलबार प्रविधिज्ञसहितको टोली लगेर डोजर लगाई सार्वजनिक जग्गा छुट्याई पहिचान गरिएको थियो ।
उक्त क्षेत्रमा लालपुर्जाबाहेकका सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्न लागिएको नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराम सिग्देलले सो अवसरमा बताए ।
व्यास नगरपालिका क्षेत्रभित्र यसरी पहिचान भएका सार्वजनिक जग्गाको खोजी गर्दै तारबार लगाएर संरक्षण गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण