बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

निटसँगको वार्ताको औचित्य समाप्त भयो : थपलिया

बिहीबार, ३० वैशाख २०७३, १७ : ३६
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं – दुई टुक्रामा विभक्त कांग्रेस समर्थित पर्यटन व्यवसायीहरु बीच एकताको प्रयास विफल भएको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट—नेपाल) ले अलोकतान्त्रिक व्यवहार प्रर्दशन गरेको भन्दै लोकतान्त्रिक व्यवसायी संघ वार्ताबाट बाहिरिने घोषणासँगै निट–नेपाल र लोकतान्त्रिकबीच एकताको प्रयास विफल भएको हो । वैशाख २६ गते दुवै संस्थाले वार्ता टोली गठन गरि एकताको वार्ता थालनी गरेका थिए ।

एकताको लागि विभिन्न तवरबाट भएका दुई पक्षिय वार्तामा निट–नेपालले समझदारीका आधारमा अगाडि बढ्नेभन्दा पनि गैरप्रजातान्त्रिक तबरबाट झुकाउन खोजेको भन्दै लोकतान्त्रिक वार्ताबाट बाहिरएको वार्ता टोलीका संयोजक समेत रहेका लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष रामशरण थपलियाले बताए । निट नेपालले उपाध्यक्ष केशव पाण्डेको संयोजकत्वमा वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल र केदार दुवाडी सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटि गठन गरेको थियो । त्यस्तै लोकतान्त्रिकले पनि अध्यक्ष थपलियाको संयोजकत्वमा कुमार अधिकारी, नविन त्रिताल, सोनाम ग्याल्जेन शेर्पा र चोलेन्द्र कार्की सदस्य रहेको वार्ता कमिटि गठन गरेको थियो ।

सम्मानजनक सहभागिताको पक्षमा आफूहरु रहेपनि लोकतान्त्रिकलाई नजर अन्दाज गरेकाले अब एकताको लागि वार्ताको औचित्य सकिएको थपलियाले बताए । ‘आफू प्रजातान्त्रिक विचारधाराका व्यवसायीबीचको बृहत एकताको पक्षमा रहेको भन्दै थपलियाले लचकता देखाएर वार्तामा बस्दा पनि आफूहरुको लचकतालाई कमजोर ठान्ने निट नेपालको सोचमा एकता प्रक्रिया अघि बढ्न नसक्ने र यथास्थितीमा वार्तामा नबस्ने समेत उनले बताए ।

मिल्ने नाउमा संस्था र व्यक्तिलाई बाइपास गरेर अलोकतान्त्रिक गठबन्धन गर्न नसकिने भन्दै अव लोकतान्त्रिक व्यवसायी संघलाई बृहत बनाउँदै देशभर शाखा विस्तारको अभियानमा आजैबाट आफू र आफ्नो टिम आक्रामक ढंगबाट लाग्ने उनले बताए । थपलियाले वार्ताका लागि पहल कदमी लिएकोमा निट नेपालका वार्ता कमिटि सदस्यलाई धन्यवाद समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप