बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

यी हुन् असई बनाइदिन्छु भन्दै पैसा ठग्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघका महासचिव

बिहीबार, ३० वैशाख २०७३, १७ : ४४
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं–अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराँते महासंघका महासचिव केदारबाबु शिवाकोटी ठगीको आरोपमा पक्राउ परेका छन् । निजगढ नगरपालिका वडा नम्बर–९ घर भइ काठमाडौँको बानेश्वर बस्दै आएका प्रकाश श्रेष्ठबाट ७ लाख ५० हजार ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

‘‘२ वर्षअघि उनले राष्ट्रिय अनुसन्धानको असई बनाइदिन्छु भनेर प्रकाश श्रेष्ठसँग ७ लाख ५० हजार लिएका रहेछन् । यस विषयमा प्रहरीलाई उजुरी पिट्छु र मार्छु भन्दै पटक–पटक धम्की समेत दिने गरेको उजुरी प्रकाश श्रेष्ठबाट आएपछि उनलाई पक्राउ गरिएको हो । उनका विषयमा थप छानबिन जारी छ ।’ –एसएसपी विक्रमसिंह थापाले भनेका छन् । थापाकाअनुसार महाराजगन्जबाट शिवाकोटी हिजोमात्रै पक्राउ परेका हुन् । उनमाथि ठगीको मुद्दा चलाइने थापाको भनाई छ ।

केदारबाबु शिवाकोटी महासचिव रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघलाई विघटन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले दावा गुरुङ नेतृत्वमा नयाँ कराँते महासंघ गठन गरेको थियो । तर, विघटनपछि पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीले केदारबाबु महासचिव रहेको कराँते महासंघलाई नै मान्यता दिदैँ आएको छ । राष्ट्रिय खेलकुद परिषद्ले कारबाही गर्दा पनि शिवाकोटीमाथि पैसाको बार्गेनिंग गरेर ब्ल्याकबेल्ट बेचेको आरोप लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप