खडेरीले बाली उत्पादनमा ह्रास
धनगढी–यस वर्ष खडेरीका कारण सुदूरपश्चिममा रु एक अर्ब ४६ करोड बराबरको हिउँदे बाली उत्पादनमा ह्रास आएको छ ।
क्षेत्रीय कृषि निर्देशनालय दीपायलका अनुसार खडेरीले सुदूरपश्चिममा गहुँ, जौ, तोरी, मसुरो, आलु तथा फलफूल र तरकारी बालीको उत्पादनमा ह्रास आएको छ । कार्यालयका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टका अनुसार खडेरीका कारण ५० हजार ७४ हेक्टर जग्गामा गरिएको बालीमा नोक्सान पुगेर उत्पादन घट्दा २२३ गाविस तथा नगर क्षेत्रका एक लाख तीन हजार २०३ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।
यस वर्ष हिउँदभरि सुदूरपश्चिममा पर्याप्त वर्षा नहँदा उत्पादनमा ह्रास आउनुका साथै पानीका मुहान समेत सुकेका कारण खानेपानीको समस्या भएको छ । कैलाली र कञ्चनपुरमा गत वर्षको तुलनामा यस वर्षको हिउँदे बालीको उत्पादन क्रमशः १४ र सात प्रतिशतले वृद्धि भएको भएको छ । तर पहाडी सात जिल्लामा बालीको उत्पादनमा ह्रास आएको क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
सुक्खा र खडेरीले बैतडीमा सबै भन्दा बढी ५७ प्रतिशत, बाजुरामा ४०, डोटी र दार्चुमा ३५/३५, डडेल्धुरामा ३४, बझाङमा २४ तथा अछाममा ३४ दशमलव ८ प्रतिशतले हिउँदे बालीको उत्पादनमा ह्रास आएको छ । गहुँको उत्पादनमा १४ प्रतिशतले ह्रास आएको छ । ह्राससँगै यस वर्ष सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न सङ्कट हुने देखिएको छ ।
सुदूरपश्चिमको नौ जिल्लाको कुल जनसङ्ख्या २६ लाख ३६ हजार रहेको छ । विश्व खाद्य सङ्गठन एपएओको मान्यताअनुसार प्रतिव्यक्ति प्रतिवर्ष १९१ किलो खाद्यान्न आवश्यक पर्छ भने सुदूरपश्चिममा खाद्यान्न उत्पादन पाँच लाख तीन हजार ५७९ मेट्रिक टन रहेको छ । यस वर्ष यहाँ करिब ६४ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण