बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कालोबजारी गर्नेविरुद्ध मुद्दा

बिहीबार, ३० वैशाख २०७३, १७ : ५७
बिहीबार, ३० वैशाख २०७३

काठमाडौँ–जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट गत फागुनदेखि वैशाख २२ गतेसम्म भएको बजार अनुगमनका क्रममा खाना पकाउने एलपी ग्यासलगायत इन्धनमा कालोबजारी गर्ने बिक्रेतालाई कारबाही गर्नका लागि कार्यालयमा कालोबजारीसम्बन्धी २३ मुद्दा दर्ता भएको छ ।

अनुगमनबाट विभिन्न ब्रान्डका ८११ थान सिलिन्डर बरामद गरिएको र उक्त ग्यास बिक्रेतालाई प्रचलित कानुनबमोजिम आवश्यक थप कारबाही भइरहेको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप