अमेरिका र नेपालबीच सुरक्षाको क्षेत्रमा सहयोग अझ अभिवृद्धि हुने : उपप्रधानमन्त्री रावल
काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले अमेरिका र नेपालबीच विकास निर्माण तथा सुरक्षाको क्षेत्रमा सहयोग अझ अभिवृद्धि हुने अपेक्षा राखिएको बताएका छन् । आफ्नै कार्यकक्षमा नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका सेक्रेटरी अफ नेभी रे माबुससँगको शिष्टाचार भेटमा उनले नेपालको संविधान जारी भएकाप्रति अमेरिकाबाट भएको स्वागत र समर्थन तथा गत वर्षको भूकम्पमा उद्धार तथा राहतका लागि अमेरिकी सरकारद्वारा उपलब्ध गराइएको सहयोगप्रति आभार प्रकट गर्दै भूकम्पपछिको उद्धार तथा राहतका क्रममा नेपालमा हेलिकोप्टर दुर्घटनामा परी छ अमेरिकी सैनिकको निधन भएको प्रति दुःख व्यक्त गरे ।
सो अवसरमा रक्षासँग सम्बन्धित सहयोगका विविध विषयमा विचारविमर्श भएको रक्षा मन्त्रालयका सहायक प्रवक्ताले विज्ञप्तिमा जानकारी दिएका छन् । मावुसले नेपालले अन्तर्राष्ट्रिय शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्र सङ्घमार्फत शान्ति सेनामा सहभागिता जनाई गरेको योगदानको विश्वले कदर गरेको बताए । उनले आगामी दिनमा समेत रक्षा मन्त्रालय र नेपाली सेनासँगको सहयोग र सहकार्यमा मानवीय सहायता, विपत् व्यवस्थापन, शान्ति सेनाको तैनाथी तथा सेनालाई उपब्ध गराउने तालिमलगायत क्षेत्रमा सहयोग अझै वृद्धि गर्दै लगिने जानकारी दिए ।
उनले अमेरिकी जलसेना र नौसेनिकले वैकल्पिक ऊर्जाका रुपमा सौर्य तथा जैविक ऊर्जालाई सफलतापूर्वक उपयोगमा ल्याएको र त्यस्तै प्रविधि नेपाल सरकार तथा शान्ति सेनाका लागि समेत उपयोगी हुने देखिएकाले । नेपाललाई उपलब्ध गराउन सहमति जनाए ।
यसैबीच माबुसले आजै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गरे । सो अवसरमा उनीहरुबीच द्विपक्षीय सहयोगलगायत आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण