बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरीको अभियानमा विद्यार्थीको साथ

बिहीबार, ३० वैशाख २०७३, १८ : ०७
बिहीबार, ३० वैशाख २०७३

कैलाली–समाजका युवा वर्गहरुलाई सहि मार्ग निर्देशन गर्न र कुलतमा नफसुन भन्नका लागि कैलालीका विद्यार्थीहरु गाँजा नष्ट गर्ने अभियानमा जुट्न थालेका छन् ।

केही दिनदेखि प्रहरीले सञ्चालन गरेको सो अभियानमा युवा वर्गलाई सचेत गराउन आज कैलाली मोडेल उच्च माविमा अध्ययनरत विद्यार्थीहरु गाँजा नष्ट गर्ने अभियानमा जुटेका हुन् ।

कैलाली मोडेल उमाविका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले हाम्रो अभियानलाई साथ दिएर समाजलाई अनुशासित र युवा वर्गलाई सचेत गराउने महत्वपूर्ण भूमिका खेलेको वडा प्रहरी कार्यालयका वडा इन्चार्ज बजिरसिंह धामीले बताए ।

समाजलाई अनुशासित राख्न प्रहरीले खेल्ने भूमिकालाई थप मजबुत बनाउन हाम्रा बाब–नानीहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् कैलाली मोडेल उमाविका प्राचार्य तपेन्द्र सिंहले बताए ।

विद्यार्थीहरुलाई दुव्र्यशनीबाट मुक्त गराउनका लागि केही दिनदेखि प्रहरीहरुले कैलालीका विभिन्न भागमा गाँजा नष्ट गरिरहेको वडा इन्चार्ज धामीले बताए । पढाई गर्ने उमेरमा विद्यार्थीहरु गाँजाको दुव्र्यसनीमा फस्न थालेको भन्दै धनगढी नगर क्षेत्र भित्रका विभिन्न स्थानका गाँजाहरु प्रहरीले नष्ट गर्न थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप