बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दाहसंस्कारका लागी मलामी गएका एक किशोर नदीमा बेपत्ता

बिहीबार, ३० वैशाख २०७३, १८ : २५
बिहीबार, ३० वैशाख २०७३

मुगु–आफन्तको मृत्युपछि दाहसंस्कारका लागी मलामी गएका एक किशोरको नुहाउने क्रममा नदीमा बेपत्ता भएका छन् ।

कार्कीवाडा–३ रावलवाडा घर भएका १५ वर्षीय किशोर गोर्खराज रावल आफन्तको मलामी गएका बेला नुहाउने क्रममा मुगु कर्णालीमा आज बेपत्ता भएको उनका काका टोपबहादुर रावलले जानकारी गराए । बेपत्ता रावलको खोजीका लागि प्रहरीलाई खबर गर्न सदरमुकाम गमगढी आएका थिए ।

एकमात्र छोरा बेपत्ता भएपछि सँगै मलामी गएका बाबु रन्दीप रावल अचेत अवस्थामा हुनुहुन्छ उहाँलाई मलामी गएका अन्य आफन्तले बोकेर जिल्ला अस्पताल मुगुमा पु¥याएका छन् । आफन्त र प्रहरीले खोजी गरे पनि बेपत्ता किशोर फेला परेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप