बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सल्यानमा बाढीले ११ पसल र २ मोटरसाइसकल बगायो

बिहीबार, ३० वैशाख २०७३, १८ : ४०
बिहीबार, ३० वैशाख २०७३

सल्यान–सल्यानका उत्तरी गाउँ विकास समितिमा भीषण वर्षा भएको छ । वाफुखोला, शिवरथ, कोटवारा, दार्मकोट, ढाकाडाम भल्चौरलगायतका गाउँ विकास समितिमा भीषण वर्षा भएको छ ।

लामो समय सम्म खडेरी परेका सल्यानमा उत्तरी गाविसमा आज भीषण वर्षा भएको छ ।

आधा घण्टा परेको भीषण वर्षाले वाफुखोला दोभान बजारका ११ वटा पसलहरुमा क्षति पु¥याएको छ । बजार नजिकको दोभान खोला बढेर बजारमा पस्दा पसलमा क्षति पुगेको छ ।

राजेश डाँगी र रामप्रसाद शर्माका एक–एक वटा मोटरसाईकल बगाएको छ । यस्तै वाफुखोलामा रहेको विजयलघु जलविद्युतमामा समेत क्षति भएको महेश वलीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप