नौ हजार किलो मासुजन्य फोहोर उपत्यकामा
काठमाडौँ– काठमाडौँ उपत्यकामा दैनिक सतासी हजार पाँच सय किलो मासुजन्य फोहोर भित्रने गरेको छ ।
काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार ३०० किलोको राँगा वा भैँसी काठमाडौँमा आयात गर्दा औसतमा १०० देखि ११५ किलोसम्म मासु उत्पादन हुन्छ, अन्य सबै फोहोर हो । काठमाडौँमा दैनिक औसत ७०० राँगाभैँसीको मासु खपत हुन्छ । ती बाहेक एक हजार ५०० खसीबोका, ७० टन कुखुरा, १५० बङ्गुर र सात टन माछा खपत हुने गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।
मासुका ती स्रोतमध्ये राँगाभैँसीबाट मासु उत्पादन गर्दा दैनिक खपत हुने ७०० वटामध्ये प्रत्येकबाट औसतमा सबैभन्दा बढी १२५ किलोग्राम फोहोर उत्पादन हुने गरेको छ । यसको व्यवस्थापनका लागि काठमाडौँ उपत्यका बाहिरका केही जिल्लामा बधशालाको निर्माणस्थल पहिचान भइसकेको कापपाको भनाइ छ । मासुजन्य वस्तुबाट आउने फोहर व्यवस्थापनकै लागि कामपाले उपत्यका बाहिरकै जिल्लामा बधशालाको निर्माण गरी मासु पोका पारी ल्याउने तयारी गरेको छ ।
यसरी बाहिर तयार गरेका मासु ढुवानीका लागि कम्तीमा सुविधासम्पन्न १९ सवारी साधन आवश्यक पर्ने र ल्याइएको मासु राख्नका लागि कम्तीमा १२ वटा शीतघरको आवश्यकता पर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण