चीनले सुरु गर्यो नेपालका लागि रेलसेवा
चीन–उत्तरीपश्चिम लानझाउबाट नेपालमा सामान निर्यात गर्नका लागि चीनले बुधबारबाट रेलसेवा सुचारु गरेको छ । यो रेलसेवा तथा बससेवा तीन भागमा विभाजित छ ।
जसअन्तर्गत पहिलो २४ सय ३१ किलोमिटर लामो भाग अर्थात लाानझाउदेखि तिब्बतको सिगात्सेसम्म रेलले सामान ल्याउनेछ । त्यसपछि बाँकी ५ सय ६४ किलोमिटर दूरी बसमा सामान ल्याइनेछ ।
५ सय ६४ किलोमिटर दूरी पार गरेपछि केरुङ नाकामा बस आइपुग्नेछ । त्यसपछि केरुङबाट १ सय ६० किलोमिटर यात्रा गर्दै बस काठमाडौँ आउनेछ ।
यस यात्राका लागि १० दिनसम्म लाग्ने लानझाउका सहायक मेयर निउ जियांगदोंगले बताएका छन् । अहिले चीनबाट समुन्द्र तथा सडकको प्रयोगमार्फत नेपालमा सामान ल्याउन ४५ दिन लाग्दै आएको छ ।
यस रुटमा टेन कन्टेनर उपलब्ध गराउने कम्पनी सिआरसिटीका सहायक म्यानेजर झोंग चेनजियांगले रेलसेवा सुरु भएसँगै यात्रामा लाग्ने ठूलो खर्च बच्ने बताएका छन् ।
त्यस्तै लानझाउ रेलवे प्रशासनका सहायक प्रमुख गाओ जिनयांगले यो रुट लानझाउ र दक्षिण एशियाबीचको सामान आयत निर्यात गर्ने रुट भएकाले यसमार्फत चीनमा थुप्रै कम्पनीहरु आर्कषित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण