आम जनतासमक्ष क्षमायाचना गर्न एबिसी टेलिभिजनलाई काउन्सिलको निर्देशन
काठमाडौं–प्रेस काउन्सिल नेपालले सिके राउतको अन्तर्वाता प्रसारण गरेको विषयमा एबिसि टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ । आचारसंहिता अनुगमन उपसमितिको बिहीबार बसेको बैठकले सो निर्देशन दिएको हो ।
गत चैत १७ गते एबिसी वाच नामक कार्यक्रममा प्रसारित सिके राउतसँगको अन्तर्वार्तामा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ४ (१) को गम्भीर उल्लङ्घन भएको भन्दै काउन्सिलले उक्त निर्देशन दिएको हो ।
उक्त प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले एबिसी टेलिभिजनलाई कारबाही प्रक्रिया अघि बढाउँदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन गरेको थियो ।
अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण