बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारलाई मधेसी मोर्चाको पत्र : सार्थक वार्ताका लागि तयार छौँ

बिहीबार, ३० वैशाख २०७३, १९ : ४१
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सार्थक वार्ताका लागि आफूहरु तयार रहेको खबर सरकारलाई पठाएको छ ।

सरकारले वार्ताका लागि मधेसी मोर्चालाई पठाएका पत्रका जवाफ आज लेख्दै सरकार वार्ताप्रति गम्भीर नदेखिएको तर सार्थक वार्ताका लागि वतावरण बनाए निर्णायक वार्ताका लागि तयार रहेको भनि पत्र पठाएको छ ।

गएको फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्वयं वार्ता भंग गरेको उल्लेख गर्दै आन्दोलनकारीले उठाउँदै आएको मागप्रति सकरार गम्भीर नरहेको आरोप पत्रमा लगाएको छ ।

एक सदस्य उच्च स्तरीय राजनीतिक समिति बनाएको छ त्यसमा पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षप्रति नाकारात्मक रहेका व्यक्ति गरेको उल्लेख गदै सविधान संशोधन गरेर जनतामा भ्रमण छर्ने काम गरेको आरोप पनि पत्रमा लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप