बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

देश विकासको लागि सबै मिलेर अघि बढौँ : नेपाल

बिहीबार, ३० वैशाख २०७३, १९ : ४५
बिहीबार, ३० वैशाख २०७३

सिन्धुली– नेकपा एमालेका नेता माधवकुमार नेपालले देश विकास र राष्ट्रिय आवश्यकता महत्वपूर्ण भएकाले सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले अहिले सरकार बनाउँदै ढलाउँदै गर्नु र प्रधानमन्त्री बन्ने विषय महत्वपूर्ण बनाउन नहुने तर्क गरे । संविधान जारीपछि नेपाली जनताले ढुक्कका साथ सास फेर्न पाएको बताउँदै उनले अब देश विकास र निमार्णमा लाग्नुपर्ने समय भएकाले सबै दल हातेमालो गरेर अघि बढी जनताका इच्छा र चाहना पूरा गर्न लाग्नुपर्नेमा जोड दिए । उनले राजनीतिक ध्येय पूरा गर्न विभिन्न अड्को थाप्नेभन्दा पनि देशको आवश्यकतालाई ध्यानमा राख्न आन्दोलनरत मधेसी दललाई आग्रह गरे ।

बर्दिवास–नेता नेपालले संविधान कार्यान्वयनका लागि दलबीच सुदृढ एकता हुनपर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आफ्नै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले संविधान लेखन र घोषणामा भएको राजनीतिक एकता जस्तै कार्यान्वयनमा पनि देखिनुपर्छ भने ।

संविधान कार्यान्वयन, पुनःनिर्माण र मुलुकको आर्थिक समृद्घिका लागि दलबीच सहमति र एकता आवश्यक रहेको नेपालको भनाइ छ । संसद्को गणित चलाएर सरकार चलाउने वा ढाल्ने कुरामा कसैले आत्मरति लिन सके पनि मुलुकको हितमा भने संसद्को गणित नभएर दलबीचको एकता मात्र निर्णायक हुन सक्ने नेपालले स्पष्ट पारे ।

उहाँले कार्यकर्तालाई दलबीचको एकतामा चोट पर्ने वा दलबीच दूरी बढाउने गरी कुनै कुरा नगर्न निर्देशनसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप