बालश्रम रोक्न मन्त्री बोहराको निर्देशन
भक्तपुर– श्रम तथा रोजगारमन्त्री दीपक बोहराले बालश्रम प्रयोग गर्ने जो कोहीलाई तत्काल कारबाही गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
जिल्ला बालकल्याण समितिले आज आयोजना गरेको बालश्रममुक्त इँटा उद्योग घोषणा तथा सम्मान कार्यक्रममा उनले सबै क्षेत्रमा बालश्रम निषेध गर्न निर्देशन दिए ।
मन्त्री बोहराले भने– “कुनै पनि निकायमा बालश्रम स्वीकार गर्न सकिँदैन, बालश्रम राख्ने इँटाभट्टा, होटल, कलकारखाना, उद्योगलाई तत्काल कारबाही गर्नुस् ।” उनले धुवाँरहित इँटाभट्टा सञ्चालन गर्न सरकारले आवश्यक सहुलियतको व्यवस्था गर्न पहल गर्ने बताए ।
सन् २०२५ सम्ममा सबै प्रकारको बालश्रममुक्त गर्ने उद्देश्यले सरकारले १० वर्षे रणनीतिक मस्यौदा तयार पारेको बताउँदै उनले बालश्रम अन्त्य गर्ने कुरामा सबै दलको एकमत रहेको बताए । श्रम मन्त्रालयले उद्धार गरिएका ५० जना बालबालिकालाई रु १० लाखको छात्रवृत्ति वितरण गर्ने तयारी भएको उनले जानकारी दिए ।
कार्यक्रममा भक्तपुरका बालश्रममुक्त इँटा उद्योग जिजे, चिम्नी इँटा उद्योग नंखेल, नन्दीकेश्वर फिक्स इँटा नगरकोट र महाशक्ति इँटा उद्योग ताँथलीका सञ्चालक बालगोविन्द तचामु, रामप्रसाद लाखाजु, पुण्यराम शिवहरि र कृष्णप्रसाद दुवाललाई सम्मान गरियो ।
त्यसअवसरमा सांसद अनुराधा थापामगरले बालश्रममुक्त जिल्ला बनाउने अभियानलाई तीव्र पार्नुपर्नेमा जोड दिए । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले सरकारले ऐन कानुनलाई दृढताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, श्रम विभागका महानिर्देशक अनिल गुरुङ, सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर रोगर होड्ग्स, जिल्ला महिला विकास कार्यालयकी प्रमुख निला घिमिरे, बालविकास केन्द्रका महासचिव सुवास गौतमलगायतले बालश्रम प्रयोग भएर उत्पादन भएका सामग्री बहिष्कार गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण