बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भूकम्प अतिप्रभावित दश जिल्लाको लगत सङ्कलन सम्पन्न

बिहीबार, ३० वैशाख २०७३, १९ : ५५
बिहीबार, ३० वैशाख २०७३

काठमाडौँ– गोरखा भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये १० जिल्लाको लगत सङ्कलन सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

पुस तेस्रो सातादेखि विभागले अतिप्रभावित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुली, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, ओखलढुङ्गा र रामेछापमा लगत सङ्कलन सुरु गरेको थियो ।

सङ्कलन सुरु गरिएकामध्ये १० जिल्लाको सकिएको र मकवानपुरका मनोहरि एवम् फापरबारी गाविसमा अन्तिम चरणमा पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिए ।

“सङ्कलन सकिएका १० जिल्लाको लगत हेर्दा भूकम्पलगत्तै गृह मन्त्रालयमा आएको तथ्याङ्कभन्दा कम देखिएको छ, त्यसबेला र अहिलेको सङ्कलन प्रविधि फरक भएकाले यो भएको हुनसक्छ, अहिलेको तथ्याङ्क अन्तर्राष्ट्रिय सिद्धान्तअनुरुप सङ्कलन गरिएको छ”– उनले भने ।

सङ्कलन गरिएको तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइएको र घर निर्माणका लागि रु दुई लाख पाउने पीडितको अन्तिम सूची प्रकाशन पनि प्राधिकरणले नै गर्ने विभागले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर भक्तपुरमा पनि लगत सङ्कलन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । असार पहिलो साता सुरु गर्ने गरी काम भएको निर्देशक लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप