बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विद्युत् विकासका लागि ठोस योजना बनाइनुपर्ने सुझाव

बिहीबार, ३० वैशाख २०७३, १९ : ५९
बिहीबार, ३० वैशाख २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि अधिकांश विपक्षी सांसदले अहिलेको सरकार म्यादी भएको जिकिरका साथ केवल चर्चाका लागि नीति तथा कार्यक्रम ल्याइएको धारणा राखे । सरकार पक्षधर सांसदले भने त्यसको प्रतिवाद गर्दै नीति तथा कार्यक्रम ऐतिहासिक र विकासमैत्री भएको धारणा राखे ।

यही वैशाख २६ गते सदनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचनमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजानिक गरेका थिए । यसअघि सदनको वैशाख २८ र २९ गतेको बैठकमा पनि सांसदले सो नीति तथा कार्यक्रममाथि बोलेका थिउ ।

सांसदहरुले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकता, सामाजिक सुरक्षामा जोड र भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिइनुपर्ने तथा विद्युत् विकासका लागि ठोस योजना बनाइनुपर्ने लगायत सुझाव दिए ।

छलफलमा गुरुप्रसाद बुर्लाकाटी, रिता शाही, राजु खनाल, हरिप्रसाद उप्रेती, नरबहादुर चन्द, गङ्गालाल तुलाधर, सकलदेव सुतिहार, गणेशमान गुरुङ, कमला पन्त, योगेन्द्र चौधरी, रुपा महर्जन, अनिता देवकोटा, टेकबहादुर बस्नेत, पद्मनारायण चौधरी र डिल्लीप्रसाद काफ्लेले भाग लिएका थिउ ।

यसैगरी तारामान गुरुङ, लीला मगर, डा गणेशमान मण्डल, रामेश्वर फुयाँल, राधेचन्द्र यादव, ऋषिकेश पोखरेल, बहादुरसिंह लामा, चूडामणि विक जङ्गली, मोहन बराल, विदुर सापकोटा, रेवतीरमण भण्डारी, दिलमान पाख्रिन, राधिका तामाङ, जीवनकुमारी घिमिरे, कृष्णप्रसाद पौडेल, कृपाशुर शेर्पा, बलवीरप्रसाद चौधरी, जनार्दन ढकाललगायतले बालेका थिए ।

सांसदले नीति तथा कार्यक्रममाथि सदनमा राख्नुभएको जिज्ञासामाथि प्रधानमन्त्रीले सदनको शुक्रबारको बैठकमा जवाफ दिनुहुने छ । व्यवस्थापिका–संसद्को अर्को बैठक शुक्रबार बिहान १० बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप