अग्निपीडितलाई दिलिपको सहयोग !
काठमाडौं–डढेलोका कारण खानेपानी पाइप जलेर नष्ट भएपछि खानेपानीको सेवाबाट बञ्चित भएका काभ्रेको विकट क्षेत्र डाँडापारिस्थित डाँडागाउँ गाविसका अग्निपीडितलाई समाजसेवी दिलिप योञ्जन तामाङले सहयोग गरेका छन् ।
पाइप जलेर नष्ट भएसँगै करिब ३ घण्टाको बाटो धाएर खानेपानी ल्याउन बाध्य यहाँका बासिन्दालाई दिलिपले जलेर नष्ट भएका पाइप खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । केही साताअघि राती अचानक लागेको डढेलोका कारण झण्डै तीन दर्जन सर्वसाधारणले उपभोग गर्दै आएको खानेपानीको ९ सय मिटरभन्दा बढी पाइप नष्ट भएको थियो । सो पाइप खरिद बराबरको रु. २५ हजार रकम समाजसेवी योञ्जनले उपलब्ध गराएपछि यहाँका बासिन्दाको मुहारमा खुसी छाएको छ ।
राजधानी नजिकको जिल्ला भएर पनि विकासका पूर्वाधारबाट निकै पछाडि रहेको डाँडागाउँका अग्निपीडितलाई योञ्जनले सहयोग गरेपछि यहाँका बासिन्दाले खानेपानीको उपयोग गर्न पाउने भएका छन् ।
सञ्चारकर्मी बुद्ध लोप्चनको आग्रहमा योञ्जनले आगलागीबाट नष्ट भएको पाइप खरिदका लागि साहित्यकार बिना थिङमार्फत सहयोग गरेका थिए ।
विनाशकारी भूकम्पका बेला समेत राहत वितरणमा सक्रिय सहभागिता जनाएका योञ्जनले सो क्षेत्रका बासिन्दाका लागि पाइप खरिद गरी सहयोग गरेपछि यहाँका बासिन्दा घण्टौँको बाटो धाएर पानी ल्याउनुपर्ने बाध्यताबाट मुक्ति पाउने देखिएको छ ।
बिहीबार राजधानीस्थित टेकुमा प्रभावित क्षेत्रका बासिन्दालाई भेटेर साहित्यकार बिना थिङ तामाङले योञ्जनले पठाएको रकमबाट पाइप खरिद गरी वितरण गरेकी थिइन् । प्रभावित क्षेत्रका बासिन्दाले योञ्जन र थिङलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
उक्त क्षेत्रका बासिन्दा विगतदेखि नै खानेपानीको सेवाबाट बञ्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण