बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मुस्ताङलाई देशकै पहिलो स्थानीय जलवायु अनुकुलन योजनायुक्त जिल्ला घोषणा

शुक्रबार, ३१ वैशाख २०७३, ०७ : १६
शुक्रबार, ३१ वैशाख २०७३

म्याग्दी –जलवायु परिवर्तनको जोखिम तथा असर न्युनीकरणका लागि मुस्ताङका सबै गाविसमा स्थानीय अनुकुलन योजना (लापा) तयार गरिएको छ ।

तापक्रम वृद्धी र जलवायु परिवर्तनका कारण समुदायमा देखिएको समस्या पहिचान गरि उनीहरुको आवश्यकताअनुसार असर न्युनीकरणका लागि योजना सञ्चालन गर्न लापा तयार पारिएको हो । योजनामा तटबन्ध निर्माण, वृक्षारोपण, पानीका स्रोत संरक्षणका साथै जोखिममा परेका दलित, विपन्न महिला लक्षित योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

मुस्ताङका १६ वटै गाविसको स्थानीय अनुकुल योजना तयार भएपछि बिहीबार जोमसोममा एक कार्यक्रम गरि नेपालकै पहिलो लापायुक्त जिल्ला घोषणा गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद बास्तोलाले जानकारी दिए ।

सांसद रोमी गौचन थकाली र क्षेत्रीय वन निर्देशनालयका निर्देशक शान्तीमुनी ताम्राकारको उपस्थितीमा घोषणा गरिएको हो । जिल्ला विकास समिति, भुसंरक्षण कार्यालय, बहुसरोकारवाला वन कार्यक्रम र हरियो वन कार्याक्रमको सहयोगमा स्थानीय अनुकुलन योजना तयार गरिएको हो ।

जोमसोम, कोवाङ, टुकुचे, कुञ्जो र छोसेर गाविसमा अनुकुलन योजना कार्यान्वयन थालीएको छ भने अन्य गाविसमा कार्यान्वयनको चरणमा छ । जलवायु परिवर्तनका कारण मुस्ताङमा बाढी र कटानको जोखिम देखिएको योजनामा उल्लेख गरिएको छ । मुस्ताङ अनुकुलन योजना तयार पार्ने देशकै पहिलो जिल्ला बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप