बस दुर्घटनामा एघार घाइते
तनहुँ– चितवनको मुग्लिङबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको बस बिहीबार दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
आँबुखैरेनी पावर हाउसनजिकै बस अनियन्त्रित भई सडकबाट ७५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा रुकुमखोला–२ का २१ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ४० वर्षीय बेलबहादुर विक, बन्दीपुर–८ की ३० वर्षीया गनिमाया मगर, गोरखा ताप्ले–८ का ३० वर्षीय समुन्द्र भट्टराई, भानु–८ का ३० वर्षीय अमृत अधिकारी, घाँसीकुवा–३ का २७ वर्षीय विकास विक, व्यास–२ का ३४ वर्षीय काजिमान श्रेष्ठ, व्यास–८ का २० वर्षीय अर्जुन विक, व्यास–११ का ३९ वर्षीय हरिकुमार श्रेष्ठ, चितवन दारेचोकका ६४ वर्षीय कमलनारायण श्रेष्ठ र विरगन्ज घर भई हाल बन्दिपुर–१ बस्ने ५० वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् ।
घाइतेको बी एन्ड बी अस्पताल, काठमाडौँ र भरतपुर मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण