कैलालीमा ‘भ्यू टावर’ निर्माणको पहल
धनगढी– कैलालीको पहाडी क्षेत्र गोदावरी गाविसस्थित बूढीतोलामा पर्यटकलाई लक्षित गरी ‘भ्यू टावर‘ निर्माणको पहल थालिएको छ ।
बूढीतोलामा रहेको चुरे डाँडामा भ्यू टावर निर्माणका लागि पर्यटन मन्त्रालयको एक टोलीले हालै टावर निर्माणस्थलको स्थलगत अध्ययन गरी फर्किएको स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले बताए ।
टावर निर्माणका लागि पर्यटन विभागले यस वर्ष रु ५० लाख छुट्याएको बताइएको छ । टावरको निर्माण गरिने स्थल वनक्षेत्रमा परेकाले सम्बन्धित निकायबीच समन्वय गराइएको स्थानीय विकास अधिकारी बिमलीले बताए ।
पर्यटकलाई दृश्यावलोकनका लागि टावर निर्माण गर्न प्रस्ताव गरिएको स्थल उपयुक्त नभएको भन्दै स्थानीयवासी र पर्यटन व्यवसायीले बूढीतोला नजिकैको अर्को कम्पासे डाँडामा टावर निर्माण गरिनुपर्ने माग गरेका छन् ।
पर्यटकलाई वरिपरिका प्राकृतिक रुपमा मनोरम क्षेत्रको दृश्यावलोकन गराउन नजिकैको अर्को कम्पासेडाँडा उपयुक्त हुने सुदूरपश्चिम पर्यटन विकास समाजका अध्यक्ष कृष्ण महरा बताउँछन् । कम्पासेडाँडामा टावर निर्माण गर्दा चारै दिशा र खासगरी उत्तरतर्फको सैपाल, अपी हिमालका साथै आसपासको चुरेशृङ्खला र दक्षिणको तराईको फाँटको सजिलैसँग दृश्यावलोकन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् ।
धनगढी—डडेल्धुरा (भीमदत्त) राजमार्गको छेउमा रहेको खानीडाँडा र बूढीतोला क्षेत्र बिस्तारै पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । धनगढीदेखि करिब ४० किलोमिटरको दूरीमा रहेको उक्त क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटेल, रिसोर्ट लगायतका सुविधा थपिँदै जान थालेका छन् । खासगरी वनभोज खान र तराई क्षेत्रमा चर्को गर्मी बढेका बेला गर्मी छल्नका लागि बूढीतोला र खानीडाँडा क्षेत्र स्थानीयवासीको रोजाइ बन्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण