भक्तपुरमा इनार खन्दा बम भेटियो
शुक्रबार, ३१ वैशाख २०७३, ०७ : ४३
भक्तपुर–सल्लाघारी सिर्जना नगरस्थित श्यामसुन्दर कसपालको घरको हातामा इनार खन्ने क्रममा बिहीबार अपराह्न बम भेटिएको छ ।
पन्ध्र फिट गहिरो इनार खनिएपछि माटामा मिसिएको अवस्थामा बम फेला परेको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । अपराह्न बम भेटिए पनि स्थानीयवासीले त्यसलाई निकैबरे खेलाएर ‘वर्कसप’मा लगेर काट्न खोज्दा आगाको झिल्को निस्किएपछि बमको आशङ्कामा सल्लाघारी प्रहरी बिट नजिकै फ्याँकेका थिए ।
प्रहरीले बिस्फोटक पदार्थ भएको पहिचान गरेपछि बिहीबार साँझ आएको नेपाली सेनाको बम निष्क्रिय टोलीले उक्त वस्तु बम नै भएको पहिचान गरेको प्रहरीको भनाइ छ । उक्त बिस्फोटक पदार्थ नेपाली सेनाको टोलीले सुरक्षित साथ लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण