बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अभिनेत्री गरिमा पन्त सुटुक्क विवाह बन्धनमा (हेर्नुस ७ तस्बिर)

शुक्रबार, ३१ वैशाख २०७३, ०६ : १९
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं–अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले आफू विवाहवन्धनमा बाँधिएको भन्दै फोटोसमेत पोष्ट गरेकी छन् ।

जीवनमा यहाँहरुको साथ, समर्थन र सद्भावले एउटा ठूलो सेतुको काम गरेको छ । तसर्थ म यहाँहरुप्रति आजीवन कृतज्ञता प्रकट गर्दछु । त्यसकारण मेरो जीवनको अर्थपूर्ण पाटाहरु यहाँहरुसँग बाँड्न पाउनु मैले आफ्नो सौभाग्य ठानेको छु । यसैक्रमा मेरो जीवनको ठूलो र अति नै महत्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउँदै हामी वैवाहिक जीवनमा बाँधिएको अवगत गराउँदछु ।’ उनले फेसबुकमा लेखेकी छन् ।

उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन् । गरिमा विगत केहि वर्षदेखि हरिसँग प्रेममा थिइन् । गरिमाका पति हरिको भने यो दोस्रो विवाह हो ।

गरिमा गत वर्ष कसैलाई थाहै नदिइ सुटुक्क बेल्जियम लागेकी थिइन् । बेल्जियम पुगेपछि उनले एक रेष्टुरेन्टको फोटो पोस्ट गर्दै आफूले नयाँ व्यवसायमा हात हालेको बताएकी थिइन् ।

गरिमाले आफ्नो विवाहलाई सामाजिक कार्यसँग जोड्दै उनले फेसबुकमा लेखेकी छन्, ‘आफूले प्राथमिक शिक्षा प्राप्त गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च मावि र उनको गाविसस्थित श्री मस्र्याङदी सामुदायिक विद्या मन्दिर निमावि विद्यालयमा आफ्ना बाबुआमा बुबा इन्द्रबहादुर पन्त तथा माया पन्तको संयुक्त नाममा सातलाख नेपाली रुपैयाँको ‘गरिब र जेहन्दार विद्यार्थी सहायता अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेकी छन् । सो रकम दुवै विद्यालयले आधा–आधा पाउनेछन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप