बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर कन्चनपुरमा एकको मृत्यु

शुक्रबार, ३१ वैशाख २०७३, ०८ : २४
शुक्रबार, ३१ वैशाख २०७३

कञ्चनपुर– कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ वनसमितिका ५० वर्षीय कृष्णदत्त भट्टको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

घर नजिकैको बारीमा झुन्डिएको विद्युत्को उच्च प्रवाहको नाङगो तार छुँदा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।

बन्दुकसहित सिकारी पक्राउ

यसैबीच, कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘ङ’ गाउँका ४३ वर्षीय यमबहादुर शाहीलाई प्रहरीले एक नाल भरुवा बन्दुक र त्यसमा लाग्ने नौ राउन्ड सिसाको गोलीसहित बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीको टोलीले शाहीलाई वन क्षेत्रमा सिकार गर्न गइरहेका बेला बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई इप्रका त्रिभुवन बस्तीको हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए । शाहीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप