पहिरोका कारण बन्द मुग्लिन सडक खुल्यो
शुक्रबार, ३१ वैशाख २०७३, ०८ : २६
चितवन– वर्षासँगै खसेको पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि सञ्चालनमा आएको छ ।
राती १० बजे उक्त सडकको पाँच किलो, कालीखोला र जलविरेमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो । डोजरको सहायतामा पहिरो पन्छाएर आज बिहान २ बजे बाटो खुलेपछि रोकिएका सवारी गन्तव्यतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पानी परेका कारण सो क्षेत्रमा लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा बाटो विस्तारको काम भइरहेकाले सामान्य वर्षा हुने बित्तिकै पहिरोका कारण गाडी सञ्चालनमा अवरोध हुँदै आएको छ । गएको हप्ता पनि यहाँ पहिरो खसेर बाटो बन्द भएको थियो । उक्त सडक अवरोध हुँदा चितवनबाट काठमाडौं र पोखरा आवतजावत गर्ने सवारी बढी मारमा पर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण