बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अनमोल र सृष्टिको ‘गाजलु’ : दोस्रो गीत रिलिज (भिडियो)

शुक्रबार, ३१ वैशाख २०७३, ०८ : ५७
शुक्रबार, ३१ वैशाख २०७३

युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठको फिल्म ‘गाजलु’को दोस्रो गीत रिलिज भएको छ । प्रचारलाई आक्रामक बनाउँदै अघि बढेको निर्माण कम्पनि रोहित अधिकारी फिल्मस्ले रिलिजको काउण्ट डाउन सुरु हुँदै गर्दा दोस्रो गीत सार्वजनिक गरेको हो ।

युट्युवमा सार्वजनिक ‘मुस्कुराउनुको कथा’ बोलको गीतमा अनमोल र सृष्टि फिचरिङमा छन् । गीतमा शब्द निकै मर्मस्पर्शी छन् । जहाँ सृष्टि र अनमोलका धेरै पीडा र थोरै रमाईला क्षणहरुलाई चित्रित गरिएको छ ।

गीतमा पछिल्लो पुस्ताका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत भरेका छन् । उनकै शब्द समावेश गीतमा स्वर सुमन गुरुङको छ ।

रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशन रहेको फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत अभिनयमा छन् । मिडियाबाट बनिरहेको हाईप, पछिल्लो रिलजि गीत र ट्रेलर अनि सृष्टि र अनमोलकै कारण पनि ’गाजलु’ चर्चाको शिखरमा छ ।

नेवारी समुदायमा भित्रको एक (कुमारी) प्रथाको कथालाई पर्दामा उतारिएको फिल्मलाई लिएर दर्शक तथा फिल्म शुभचिन्तकहरु उत्साहित छन् । फिल्म जेठ २८ मा रिलिज हुँदैछ ।

नेपालसँगै विदेशका विभिन्न शहरहरुमा समेत एकसाथ प्रदर्शनको तयारी हुँदै गर्दा ’मे’ २९ तारिखमा ‘गाजलु’को पहिलो वर्ल्ड प्रिमियर लण्डनमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप