बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हावाहुरीबाट करोडौँको केराखेती नष्ट

शुक्रबार, ३१ वैशाख २०७३, १० : १९
शुक्रबार, ३१ वैशाख २०७३

राजविराज - मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ । सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ । त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् । हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै यत्रतत्र थुप्रिएको छ भने अधिकांस केरा जरादेखिनै उखेलिएका छन् । महँगो मूल्यतिरेर मलखाद तथा कीटनाशक औषधि लगाएर केरा खेती गरे पनि मङ्गलबार राति आएको हावाहुरीले करोडौँ मूल्य बराबरको केरामा क्षति पु¥याउँदा ढाड भाँचिएको जस्तो भएको स्थानीय कृषक श्यामसुन्दर खड्काले गुनासो गरे । यहाँका किसानले दिनरात मिहेनत गरेर ऋण उठाएर भएपनि करोडको लागतमा लगाएको केरामा आएको हावाहुरीले क्षति पु¥याउँदा आफू झन् समस्यामा परेको कृषक रामदेव माझीले बताए । किसानको आयआर्जनका लागि आधार भनेको केरा खेती नै रहेको हनुमाननगर योगिनिमाई नगरपालिकाका केरा कृषक अशोक माझीले बताए । यहाँ उत्पादन भएको केरा नेपालको राजधानी काठमाडाँैसहित पोखरा, नेपालगन्ज, भैरहवा, बुटवल र पूर्वको झापा, कांकडभिट्टा, इलाम, धनकुटाजस्ता अन्य जिल्ला र सहरमा बिक्री–वितरणका लागि जाने गरेको केरा व्यापारी तथा कृषक इन्द्रदेव लौगीले जानकारी दिए । –––––––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप