धादिङमा स्कुल बस दुर्घटना, आठ घाइते
शुक्रबार, ३१ वैशाख २०७३, १० : २५
धादिङ – धादिङको भुमेस्थान–९ खयरघारीमा टिपरले बिहिवार स्कुल बसलाई ठक्कर दिँदा आठजना घाइते भएका छन् ।
बैरेनीको गल्छीचोकमा रहेको सक्सेस एकेडेमीको बा ४ ख १२८९ नंको स्कुल बसलाई काठमाडौँबाट बैरेनीतर्फ जाँदै गरेको ना ६ ख २६९५ नंको टिपरले ठक्कर दिँदा बसमा सवार चालकसहित आठजना घाइते भएको बैरेनी प्रहरी चौकीले जनाएको छ ।
घाइते पाँचजनाको गल्छीमा रहेको गल्छी अस्पतालमा उपचार भइरहेको पुरुषोत्तम थापाले जानकारी दिए। अन्य तीनजना विद्यार्थीलाई थप उपचारका लागि काठमाडौँ लैजाने बताइएको छ ।
ठक्कर दिने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही महिनामा केही अघि नौबिसेमा भएको स्कुल बस दुर्घटनामा पनि १४ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण