पहिरो जाँदा सिद्धकाली मन्दिर जोखिममा
सङ्खुवासभा - सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिर परिसरको अग्रभागमा रहेको भित्तोमा पहिरो जाँदा मन्दिर क्षेत्रमा रहेका चार घरपरिवार पहिरोको जोखिममा परेका छन् । सहरी विकास डिभिजन कार्यालय धनकुटा र जलउत्पन्न प्रकोप डिभिजन कार्यालयको बजेटमा मन्दिरको अग्रभागमा रहेको भित्तोमा फेसवाल दिने, मन्दिरका प्राङ्गणनजिक नाली बनाउने, ढल निर्माण गर्ने प्रयोजनका लागि मन्दिर संरक्षण संवद्र्धन समितिले मन्दिरको अगाडि भागमा डोजर प्रयोग गरी कटिङ गरेको दुई हप्ता नबित्दै बर्सातअघि नै यस किसिमको पहिरो जाँदा मन्दिर क्षेत्रका जनता त्रसित भएका छन् । पहिरो गएको स्थलमा मन्दिर संरक्षण समितिका अध्यक्ष भरतकुमार खत्रीको अध्यक्षतामा इलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण ढोली कार्की, इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर छविरमण भट्टराईलगायत उपलब्ध मन्दिर समितिका पदाधिकारीको तत्कालीन बैठक बसी सो पहिरो गएको ठाउँमा जाली भरी पर्खाल निर्माण गर्ने र पहिरो हटाउनका लागि जिविस सङ्खुवासभा, चैनपुर नगरपालिका, जिल्ला प्रशासन सङ्खुवासभालगायत नेपाल सरकारको दातृ निकायसँग समन्वय गरी तत्काल काम थाल्ने र पहिरोको रोकथाम गर्ने निर्णय भएको मन्दिर संरक्षण समितिका सदस्य भोलाप्रसाद धितालले बताउनुभयो । ढल निमाणका क्रममा काममा खटिएका एक दर्जन कामदार आएको पहिरोबाट भागेर मानवीय क्षतिको जोखिमबाट बच्न सफल भएको एक कामदार जीवन लिम्बूले जनाएका छन् । सो स्थलमा पहिरो नहटाई काम गर्न नसक्दा सहरी विकास कार्यालय, धनकुटा र जलउत्पन्न प्रकोप डिभिजन कार्यालय, धनकुटाको रु पाँच लाख ३२ हजारको बजेटको कार्य गर्न समस्या भएको समेत मन्दिर संरक्षण समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण