बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

समाचारको विषयमा ट्वीटर युद्धमा भारतीय दूतावास

शुक्रबार, ३१ वैशाख २०७३, ११ : ०१
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं – एक समाचारको विषयमा नेपालस्थित भारतीय दूतावस बिहिबार ट्वीटर ‘युद्ध’ मा उत्रिएको छ ।

एक अनलाइनमा भारतीय दूतावसका अधिकारी विनय कुमारले सप्तरीमा मधेसी आन्दोलनकारीहरुलाई सरकारविरुद्ध आन्दोलन जारी राख्न सुझाव दिएको समाचार प्रकाशन गरेपछि दूतावसले ट्वीट गर्दै कडा शब्दमा त्यसको भत्सर्ना गरेको छ ।

समाचार प्रकाशन भएपछि ट्वीट गर्दै भारतीय दूतावसले समचारले दुई देशबीचको सम्बन्धमा असर पुर्याउन खोजेको आरोप लगाएको छ ।

‘डेप्युटी चिफ अफ मिसनको सप्तरी भ्रमणबारे समाचार पित पत्रकारिताको नमुना हो । उनको भ्रमणको दौरान कुनै राजनीतिक विषयमा छलफल भएको छैन । सप्तरीमा भारतको लगानीमा बनेको आयोजनाको विषयमा भ्रमण भएको थियो । उक्त रिपोर्टले विवाद सृजना गर्ने प्रयास गरिएको छ,’ ट्वीटमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप