सल्यानमा छयालीस वर्षपछिकै ठूलो वर्षा, लाखौँको क्षति
सल्यान - सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पु¥याएको छ । वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ । यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिए । बाढीले वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पु¥याउँदा गाउँमा बिजुली बन्द भएको खड्काले बतारासस । “ठूलो पानी २०२७ सालमा परेको थियो, त्यसपछि यति ठूलो पानी परेको मैले देखेको थिएन, हेर्दाहेर्दै बजार नै बगायो”, खड्काले भने । वर्षाले वाफुखोला–१, २, ३ र ४ मा करिब एक हजार रोपनीमा लगाएको बर्खे आलु नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाढीले खानेपानीका संरचना बगाएपछि गाविसका अधिकांश स्थानमा खानेपानी बन्द भएको स्थानीयवासी गनबहादुर वलीले जानकारी दिए । घटनापछि उद्धारका लागि वाङ्गे लाकुरी प्रहरी चौकीबाट टोली खटाएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । थप उद्धार तथा राहतका लागि शुक्रबार बिहानै रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको सहायक प्रजिअ रमेश पाण्डेले जानकारी दिए । विकट र फोन सम्पर्क हुन नसकेकोले क्षतिको पूर्ण विवरण आइनसकेको पाण्डेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण