सप्तरीमा आगलागी, तीन लाखको क्षति
शुक्रबार, ३१ वैशाख २०७३, ११ : १७
सप्तरी - सप्तरीको कटैया–१ मा बिहीबार साँझ आगलागी हँुदा रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी गर्व माझीको घरबाट अचानक सल्केको आगोले निजको दुई घर र छिमेकी बुद्धिलाल माझीको एउटा घर जल्दा सो मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कुन कारणले आगलागी भएको खुलाइएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद गरी रु तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण