बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा नेपाली युवक सुतेकै अवस्थामा मृत फेला

शुक्रबार, ३१ वैशाख २०७३, १२ : ३२
शुक्रबार, ३१ वैशाख २०७३

पाँचथर - पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए । उनका अनुसार राती १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले बताए । उनका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो । घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उनले बताए । अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप