बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आगामी संसद्को निर्वाचन यही सरकारले गराउँछ : उपप्रधानमन्त्री थापा

शुक्रबार, ३१ वैशाख २०७३, १२ : ४५
शुक्रबार, ३१ वैशाख २०७३
विराटनगर - उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संविधानमा उल्लेख भएअनुसार नै सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिएका छन् । उनले प्रमुख राजनीतिक दलले स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त नभएको बताउँदै सरकार राजनीतिक दलसँग निर्वाचनका बारे छलफलका लागि तयार रहेको बताएका हुन् । [caption id="attachment_46870" align="alignleft" width="840"] file photo[/caption] सरकार परिवर्तनको हल्लामात्र भएको भन्दै उनले आगामी संसद्को निर्वाचन वर्तमान सरकारले नै गराउने बताए । विराटनगर विमानस्थलमा आज कुराकानी गर्दै प्रदेशको सीमाङ्कनबारे निक्र्योल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री थापाले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले वार्तामा बस्न नचाहेको जस्तो देखिएकाले अनावश्यक माग राखेर मुलुकमा अस्थिरता कायम गर्न नहुने बताए । थापाले संविधानमा उल्लेख भएअनुसार नै सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप