बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शिक्षा मन्त्रीको क्षेत्रका विद्यार्थीका दु :ख –किताव माग्दा कुटाई !

शुक्रबार, ३१ वैशाख २०७३, १३ : १०
शुक्रबार, ३१ वैशाख २०७३

महोत्तरी–जनता उच्च मावि डाँडाटोल–५ बिजलपुरामा नयाँ शैक्षिक सत्र सुरु भएको करिव २० दिन पुग्यो । कक्षा १० मा अध्ययनरत्त विद्यार्थी बिजलपुरा–२ का अनिल चौधरीले विद्यालयबाट पाठ्य पुस्तक पाएका छैनन् ।

चौधरी मात्र होइन यस विद्यालयको अधिकांश विद्यार्थीले पुस्तक पाएका छैनन् । विद्यालयमा पुस्तक बिना पढाई सुरुभएपछि विद्यार्थीले साथीभाईसंग पुरानो किताब मागेर पढ्न थाले । कक्षा १० पढिसकेकी गाउँकै उषा महतोसंगे ७ वटा पुरानो किताब मागेर अनिल चौधरीले पढ्न थाले ।

गत मंगलबार प्रधानाध्यापक भरतप्रसाद यादवको निर्देशनमा पियन रामजी भनिने भाग्यनारायण श्रेष्ठले कक्षामा गएर चौधरी सहित कैंयौ विद्यार्थीले ल्याएका पुराना किसाब सबै खोसेर लगे । चौधरी लगायतका विद्यार्थीले आफ्नो किताब खोसेकोमा आपत्ति जनाए ।

पछि उनलाई विद्यालयले दुई वटा किताब फिर्ता गरिदियो । तर, चौधरीले आफ्नो राम्रो किताब खोसेर पढ्ननै नसकिने किताव फिर्ता गरेकोमा असन्तुष्टि जनाए । रिसको झोकमा किताबलाई दुई टुक्रा पारिदिए ।

विद्यार्थीलाई रामधुलाई

किताव च्यातेपछि अनिलमाथि कारवाही गरियो । पीडित विद्यार्थी चौधरी भन्छन्, ‘किताब च्यातेको भन्दै रामजीले अपशब्द प्रयोग गर्दे कठालो समातेर अफिसमा लगे ।’ अनिलका अनुसार प्रधानाध्यापक यादवले अनुशासनको पाठ सिकाउँदै अनिलको रामधुलाई गरे ।

चौधरीलाई रामजीले पनि कुटपीट गरे । कुटपिटपछि विद्यार्थीहरुले आफ्ना समस्या उजागर गर्न संचारकर्मीलाई खवर गरे ।

अनिलले भने, नयाँ किताब दिएको छैन । पुरानो राम्रा भएका किताब पनि खोसेर च्यातेको किताब थमाइयो । सहनै नसकेर मैले किताब च्यातिदिए । बुधबार बिहान विद्यालयको कक्षा कोठामा पत्रकारसंग चौधरीले भनेका थिए, ‘मलाई झापट र लातले कुटपीट गरियो । ’ यो कुरा न लेखिदिनु है !

विद्यालयका प्रधानाध्यापक भरत प्रसाद यादवले भने, ‘नलेख्ने शर्तमा भन्दै छु, अनुशासन उल्लंघन गरेकोले अनिल चौधरीलाई पिटियो, यो कुरा न लेखिदिनु है !’ विद्यालयका घटनाबारे बुझ्न गएका पत्रकारलाई यादवले भने, ‘बारम्बार भन्दापनि विद्यार्थीले किताब दिन नमानेपछि लिएका हौं । खोसिएको होइन । कक्षा ६ देखि १० सम्म कुनै पनि विद्यार्थीले सबै किताब पाएका छैनन् ।’

कक्षा १० कै विद्यार्थी दिपक कुमार महतो भन्छन्,– ‘मैले आफ्नो भिनाजु घर रामनगरबाट पाँच वटा किताब ल्याएको थिए । त्यो पनि किताब विद्यालयले फिल्मी शैलिमा खोसेर लग्यो ।’

किताब नहुँदा पढाई प्रभावित भयो 

विद्यालयले समयमा विद्यार्थीलाई किताब वितरण गर्न नसक्दा आफूहरुको पढाई प्रभावित भएको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी सुनिलकुमार महतो बताउँछन् । उनी भन्छन्, ‘पढाई सुरु भएको धेरै दिन भयो, तर ओपिटी म्याथ, स्वास्थ्य, विज्ञानको एउटा पनि पाठ पढाई भएको छैन । किताबको अभाब छ ।’ अहिले विद्यालयले १ लाख ८८ हजार मात्र पाठ्पुस्तको शीर्षकमा निकासा पाएको छ ।

शिक्षामन्त्री ज्यू, सबै किताब दिनुस् !

शिक्षामन्त्री गिरीराजमणी पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएर सांसद भएका क्षेत्रमै जनता उच्च मावि विद्यालय पर्छ । यस विद्यालयमा गरिव तथा विपन्नहरुको छोराछोरी अध्ययनरत्त छन् । पाठ्यपुस्तक मानिसलाई चाहिने औषधी जस्तै अतिआवश्यक वस्तुको हो भन्दै वैशाख १५ गते भित्र सबै बालबालिकालाई हातहातमा किताब पु¥याउन शिक्षामन्त्री पोखरेलले ‘पाठ्पस्तक वितरण’ अभियान नै चलाए ।

किताब बितरण गर्न केही दिन अघिमात्र शिक्षामन्त्री पोखरेल बर्दिबास स्थित देउराली उच्च माविमा आइपुगेका थिए । फेरी उनले औषधी जस्तै अतिआवश्यक वस्तुको रुपमा पाठ्यपुस्तकलाई संज्ञा दिदै पाठ्यपुस्तक वितरण गरे ।

जहाँका जनताहरुले जिताएर आज शिक्षामन्त्रीको पदमा पु¥याए, त्यहाँका जनताका (बिजलपुरा, पशुपतिनगर, हात्तिलेट) छोराछोरीले अहिलेसम्म पाठ्पुस्तक पाउन नसक्नु दुःखत कुरो रहेको अभिभावकहरुले गुनासो गरेका छन् ।

हो, शिक्षामन्त्रीले आपैm विद्यार्थीलाई किताब उपलब्ध गराउन पहल गर्नु पर्ने विद्यार्थीहरुको भनाई छ । जनता उच्च मावि बिजलपुरामा कक्षा १० पढ्ने रामजीवन महतो भन्छन्,– ‘शिक्षामन्त्री ज्यू ! सबै किताब दिनुस्, हामीलाई पढ्न समस्या भयो ।’

किताब पुगेको छैन भने म पहल गर्छु 

सबै विद्यालयमा किताब पुगिसकेको महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले बताए । उनले भने,– ‘सबै विद्यालयहरुमा किताब पुगेको म कहाँ रिपोर्ट आएको छ । पुगेको छैन भने पहल गर्छु ।’ प्रधानाध्यापकले विद्यार्थी कुटनु नराम्रो कुराभएको बताउँदै घटनाबारे बभ्mने बताएका छन् ।

नयाँ भर्ना भएका र अहिले विद्यालयले पुरानो किताब वितरण गरेका सबै विद्यार्थी कहाँ किताब पु¥याउन पहल गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप