बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

परिषदमा राजनीतिकरण हुँदा खेलाडी विस्थापित भए : बिजुक्छे

शुक्रबार, ३१ वैशाख २०७३, १३ : २४
शुक्रबार, ३१ वैशाख २०७३

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रिय खेलकुद परिषदमा राजनीतिककरण भएकै कारण स्थापित खेलाडीहरु बिस्थापित हुन पुगेको बताएका छन् ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको उत्कृष्ट खेलाडी पुरस्कार बितरण कार्यक्रममा आज भक्तपुरमा बोल्दै अध्यक्ष बिजुक्छेले खेलकुद परिषदमा हुने राजनीतिक नियुक्ति प्रक्रियाको अन्त्य गरि बरिष्ठ र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई परिषद सञ्चालनको जिम्मेवारी दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने ‘राजनीतिक प्रभावका कारण राम्रा र उत्कृष्ठ खेलाडीहरुले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा छनौट हुन नसक्दा नेपालले सोचेजस्तो सफलता पाउन सकेन ’ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पदक हासिल गर्ने १४ बिधाका ६१ खेलाडीलाई नगद सहित पुरस्कार, मेडल, ट्रयाक सुट प्रदान गरिएको छ ।

उक्त अवसरमा १२औं दक्षिण एसियाली खेलको फुटवल टिम इभेन्टमा स्वर्ण पदक बिजेता जगजित श्रेष्ठ, उसुका रजत पदक बिजेता सुस्मिता तामाङ्ग, टेबल टेनिसका कास्य पदक बिजेता शिबसुन्दर गोठे, कबड्डीका कास्य पदक बिजेता सुदेशना प्रजापतिलाई नगद रु. १५ हजार सहित मेडल, सम्मान पत्र, ट्रयाक सुट प्रदान गरिएको थियो ।

त्यसैगरि अन्र्तराष्ट्रिय प्रतियोगितामा सफल खेलाडि कान्छीमाया कोजु, बिल बहादुर तामाङ्ग, मनोज लामा, एरिस शर्मा, स्वीटी गेलाललाई पनि नगद रु १५ हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा भलिबल, सितेरियो कराँते, बास्केटबल, बुद्धिचाल, तेक्वान्डो, ब्याडमिन्टन, शारीरिक सुगठन, फुटवल, एथलेटिक्स, किक बक्सिङ्ग, उसु, लन टेनिस, कबड्डी खेलका राष्ट्रिय स्तरका खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप