बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाल कस्मिरजस्तो बन्न थाल्यो, सीमामा काँडे तार लगाऔं – विजेपी सांसद्

शुक्रबार, ३१ वैशाख २०७३, १८ : ००
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं – भारतीय सत्तारुढ पार्टी बिजेपीका सांसद् निशिकान्त दुवेले नेपालमा कास्मिरमा जस्तो भारतविरोधी भावनाहरु बढ्न थालेको भन्दै दुई देशबीचको सीमामा काँडे तार लगाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यम ‘द इन्डियन एक्सप्रेस’ लाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘नेपालमा भारतबिरोधी सेन्टिमेन्ट बढ्दै गएकाले कस्मिरजस्तो बन्दै गएको छ । अब हामीले बंगलादेश र पाकिस्तानजस्तै नेपाल–भारतसीमामा काँडेतार लगाउनुपर्छ ।’

उनले नेपाल र भारतबीच खुला सीमा हुँदा आइएसआईको एजेन्टदेखि चीन र पाकिस्तानका गुप्तचरहरुलाई भारत छिर्न सजिलो भएको बताए । उनले १९५० को सन्धीले नेपालीहरु भारत सहजै प्रवेश पाउने गरेकाले नेपालीले भारतीयको जागिर खोजेको आरोप लगाए । उनले नेपालीहरु भारतमा प्रवेश शुरु गरेकै कारण भारतमा नक्सालाइटहरुको समस्या शुरु भएको आरोपसमेत लगाए ।

दुवेले सन् १९८६ देखि ८७ मा राजीव गान्धीले नाकाबन्दी लगाएको र सन् १९७१ देखि ७५ सम्म इन्धिरा गान्धीले नेपालको सम्बन्ध सुधार गर्न नसकेको उदाधहण दिँदै गान्धीहरुकै कारण नेपाल र भारतको सम्बन्ध बिग्रिएको आरोप लगाए ।

विपक्षीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सम्बन्ध बिगिएको आरोप लगाइरहेका छन् नी भन्ने प्रश्नमा उनले प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरेर सम्बन्ध सुधारको प्रयास गरेको स्मरण गराउँदै धरै पहिलेदेखि बिग्रिएको सम्बन्ध सुधार गर्न समय लाग्ने जिकिर गरे ।

उनले नेपालको अस्थितर राजनीतितर्फ संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली राजतन्त्रको अन्त्यपछिका आठौं प्रधानमन्त्री भएको र नेपालको आन्तरिक समस्यामा भारतलाई दोषी देखाउन उनले खोजिरहेको विचार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप