यार्सा सिजन शुरु : चोरी र लुटपाट रोक्न सशस्त्र प्रहरीको संख्या बढाइयो
डोल्पा – यार्सा सिजनको सुरुवाति सँगै डोल्पामा हुनेगरेका चोरी, लुटपाट, हत्यालगायतका अपराधिक घटनाहरु न्युनिकरणका लागि यस वर्ष पनि सशस्त्र प्रहरीको टोली डोल्पा आइपुगेको छ ।
गत बर्षको यार्सा सिजनको सुरक्षाको लागि ४६ जनाको टोली डोल्पा आईपुगेको थियो भने यस बर्ष ६० जनाको टोली आज आईपुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक नेतृत्वमा टोली त्रिपुरा गण कोहोलपुरबाट आइपुगेको समेत कार्यालयले जनाएको छ ।
बिशेष गरेर यस टोलीले यार्सागुम्बा बिक्रिको लागि छिमेकि राष्ट्र चिन जाने यार्सागुम्बा ब्यापारीहरुको लगायतका सर्वसाधारणहरुको सुरक्षाको पनि गरिने बताईएको छ ।
डोल्पा अन्य जिल्लाहरुभन्दा भौगोलक रुपमा ठूलो जिल्ला भएको कारणले गर्दा जिल्ला भित्रको सुरक्षा टोलीले सुरक्षा दिन नसक्ने भएपछि २०७०र २०७१ सालमा २ बर्षमा भएको करोडौँको लुटपाट भएको थियो । यो वर्ष सम्भावित अपराधका घटनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी परिचालनपछि सो न्युनिकरण हुने प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल बताए ।
प्रहरीको टोली ठाँगे, धो, काईगँउ, माझफाल र सदरमुकाम दुनैमा क्याम्प खडा गरेर बस्ने बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण