बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमालेले द्रुतमार्गलाई अरुण तेस्रो बनाउँदैछ : निधि

शुक्रबार, ३१ वैशाख २०७३, १५ : १५
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौँ– नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेकपा एमालेले द्रुतमार्गलाई अरुण तेस्रो बनाउन लागेको आरोप लगाएका छन् । एमालेकै अवरोधका कारण अरुण तेस्रो जलविद्युत आयोजना नबनेको स्मरण गराउँदै उनले द्रुत मार्गको अवस्था अरुण तेस्रोको हविगत नहोस् भनी चेतावनी दिए ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै नेता निधिले निजगढ द्रुत मार्गमा सम्बन्धमा आफू मन्त्री हुँदा दुईपटक बोलपत्र टेन्डर भएको र लगानी कर्ता नआएपछि न्यूनतम नाफाको ग्यारेन्टीका आधारमा ग्लोवल टेन्डर गरेको तर स्वदेशी लगानी कर्ता कोही नआएकाले सोहीअनुसारको प्रक्रिया अघि बढाएको स्पष्ट पारे ।

द्रुत मार्ग नबनाउन खेल सुरु भएको आशङ्का व्यक्त गर्दै निधिले दु्रत मार्ग नबनी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसक्ने ठोकुवा गरे ।

निधिले पार्टीका तर्फबाट सांसद रमेश लेखकले राख्नुभएको संशोधनको प्रस्तावमाथि सबैलाई समर्थन जनाउन अनुरोध समेत गरे ।

उनले संविधान जारी हुँदा र भएपछि पनि केही समुदाय असन्तुष्ट रहेकाले उनीहरुलाई सहमतिमा ल्याउन संविधानमा आवश्यकताअनुसार संशोधन गर्न सकिने धारणा राखे ।

विदेश नीतिमा पनि सरकारको नीति असफल भएको पछिल्ला घटनाले देखिन्छ भन्दै हरेक क्षेत्रमा यो सरकार असफल भएको सांसद निधिले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप