बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चिट चोर्न नदिने शिक्षक पिट्ने विद्यार्थी पक्राउ

शुक्रबार, ३१ वैशाख २०७३, १५ : २२
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं - टोखा नगरपालिका–९ स्थित केआइटी कलेजमा इन्जिनियरिङ स्नातक तह प्रथम बर्षको परीक्षा चलिरहेको अवस्थामा शिक्षकलाई अभद्र व्यवहार गर्ने कुमारी कलेज बौद्धका परीक्षार्थीहरु कीर्तिपुर बस्ने २२ वर्षीय दिवस पौडेल र जोरपाटी बस्ने २२ वर्षीय हिमेन्द्र खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

परीक्षा दिने क्रममा चिट चोरी रहेको अवस्थामा कलेजका शिक्षकहरुले फेला पारी कापी माग्दा उनीहरुले शिक्षक ३० वर्षीय भोजराज तिवारी र ३५ वर्षीय धननाथ पोखरेललाई हातपात गरी अभद्र ब्यबहार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यता, ललितपुर उपमहानगरपालिका–१४ सातदोबाटोस्थित कसमस कलेजको ग्राउण्डमा ब्याटमिन्टन गेमको बिषयमा बिवाद हुँदा कलेजमा अध्ययनरत २३ वर्षीय अशोकप्रसाद जोशीलाई बिहिबार कुटपिट गरी घाइते बनाउने मध्येका बिबिएमा अध्ययनरत राजीव रोहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

रोही र २५ वर्षीय रमेश बस्नेत लगायतका ४ जनाले जोशीलाई कुटपिट गर्दा घाइते भएपछि उपचारको लागि गणेश मेमोरियल अस्पताल महालक्ष्मीस्थान लगिएको थियो । कुटपिटको क्रममा सामान्य घाइते भएका राजीबलाई पाटन अस्पतालबाट सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुटपिटमा संलग्न अन्य ३ जना फरार भएकोले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप