एक हजार ७०० जना भूकम्पपीडित किसानलाई गोठ बनाउन आर्थिक सहयोग
गोरखा - गोरखाका एक हजार ७०० जना भूकम्पपीडित किसानलाई पशुचौपाया पाल्ने गोठ बनाउन अनुदान रकम दिइएको छ । कम्तीमा तीनवटा पशुचौपाया पाल्दै आएका किसानले गोठ बनाउन आर्थिक सहयोग पाएका छन् । चार करोड ४८ लाख ५० हजारको बजेटले गोठ निर्माणमा सहयोग गरिएको कार्यालय प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताए । एउटा गोठ निर्माणमा रु २५ हजार अनुदान सहयोग दिइएको हो । जिल्लाका तीन हजार ७६० जना किसानले गोठ निर्माणमा अनुदान सहयोग पाउँ भन्दै कार्यालयमा निवेदन दिएका थिए । गोरखा नगरपालिका क्षेत्रका १८५, फुजेलका ४०, मनकामनाका ७०, छोप्राकका १२०, हर्मीका ५५, मसेलका १४०, सौरपानीमा ९०, जौवारीका ८२, धुवाँकोटका ९०, खोप्लाङका १०५, ताङ्लीचोकका २५, ताक्लुङका ३०, ताप्लेका ७०, पालुङ्टार नगरपालिकाका २७४, ताकुकोटका १०३, बोर्लाङका २०० जनालगायत गाविसका किसानले गोठ निर्माण गरेका हुन् । रु पाँच हजारदेखि रु २५ हजारसम्म अनुदान दिइएको कार्यालयका कर्मचारी नवराज पण्डितले बताए । आउँदो असार मसान्तभित्रमा सबै गोठ निर्माण गरिसक्ने उनको भनाइ छ । अनुदान पाएका किसानले गोठ बनाउँदा ढलान गरेर गाईवस्तुको पिसाब जम्मा हुने खाल्डो बनाए । जम्मा भएको पिसाबमा पानी मिसाएर बालीमा प्रयोग गर्दा उत्पादन बढी हुनुका साथै रोगकिरा नलाग्ने उनले बताए । कृषि समूह र सहकारी संस्थासँग मिलेर किसानलाई गोठ बनाउन अनुदान रकम दिइएको हो । किसानले परम्परागत रुपमा काठको फलेक ओछ्याएर गोठ बनाउने गरेका थिए । ढलान गरेर सफा, सुग्घर गोठमा भँैसी पाल्दै आएको छोप्राकका फणीन्द्र पोखरेलको भनाइ छ । अनुदान पाएपछि किसान खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण