झापामा मिर्गौला रोगी बढ्दै
शुक्रबार, ३१ वैशाख २०७३, १५ : ५१
झापा - झापामा बर्सेनि मिर्गौलाका नयाँ रोगी थपिने क्रम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६२÷७३ को वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका नयाँ रोगी थपिएका छन् । कार्यालयका तथ्याङ्कअनुसार झापामा २०६६ सालयता मात्र ३२७ जना मिर्गाैलाका रोगी रहेका छन् । जसमा आर्थिक वर्ष २०६६/६७ मा ३४ जना, २०६७/६८ मा ४८ जना,२०६८/६९ मा ३६, २०६९/७० मा ४० जना, मा ५२ जना, २०७१/७२ मा ६५ जना, र चालु आर्थिक वर्षको वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका रोगी फेला परेका छन् । कार्यालय प्रमुख चन्द्रदेव मेहताका अनुसार झापामा पछिल्लो समय मिर्गाैलाका रोगी थपिने क्रम बढ्नु चुनौतीको विषय रहेको बताए । उहाँले चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि समेत नखान मिर्गाैला रोगीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण